महिला फुटबल सुरुः सशस्त्र र गण्डकीको विजयी सुरुवात


  • मनोज श्रीवास्तव,

कपिलवस्तु, ४ बैशाख । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत कपिलवस्तुको जीतपुर स्थित बुद्धरंगशालामा बुधवार आयोजित महिला फुटवल प्रतियोगिताको पहिलो खेलमा गण्डकी प्रदेश र दोस्रोमा सशस्त्रको एपिएफ विजयी भएको छ । दुबै टोलीले फराकिलो अन्तरले विजयी भए । दुबै टोलीका प्रतिद्वन्द्धीले गोल फर्काउन सकेनन् ।

दिउसो ४ बजे भएको खेलमा एपिएफले १ नं प्रदेशलाई पराजित ग¥यौं । एपिएफले शुन्यका विरुद्ध ६ गोलले विजयी भयो । ९ नं जर्सी लगाएकी सावित्रा भण्डारी एक्लै ४ गोल गरिन् ।

गोलको खाता उनले ५ औ मिनेटमा खोलिन । जर्सी नं. १४ की अनिता केसीको पासमा सावित्राले प्रहार गरेको बलले जाली चुमेको थियो । त्यस्तै २९ औं मिनेटमा अर्को गोल भयो । सवित्राकै पासमा ११ नंबर जर्सीकी अम्बिका बस्नेतले गोल गरिन् ।

तेस्रो गोल ३७ औ मिनेटमा भयो । १४ नंबर जर्सीकी अनिता केसीको पासमा सावित्राले नै गोल गरिन् । चौथौ गोल पनि ७ नंबर जर्सीकी रेनका नगरकोटीको पासमा सावित्राले नै गरिन् ।

पहिलो हाफमा एपिएफल ४ गोले गरेको थियो । दोस्रो हाफमा २ गोल ग¥र्र्यौ । ४८ औं मिनेटमा पनि सावित्राले नै गोल गरिन् । उनको यो चौथौं गोल थियो । ५२ औ मिनेटमा १४ नंंबर जर्सीकी अनिता केसीले गोल गरिन् ।

एपिएफको यो छैठौं गोल थियो । खेलमा एक पक्षिय रुपमा एपिएफ हाबी भएको थियो । सुरुदेखि नै एपिएफले दबाब बनाएको थियो ।

Please comments here  

Nepal Broadcasting Channel

  पानीपोखरी - महाराजगञ्ज, काठमाडौँ, नेपाल
   सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
   सम्पादक : मुकुन्द दाहाल
सम्पर्क
  फोन : ०१-४४४६१९९
  फ्याक्स : ०१-४००२६५५
  इमेल : [email protected]