अन्तरीक्षमा नेपाली स्याटलाइटः हल्ला र यथार्थ (भिडियाे)


काठमाडौँ । नेपालले पहिलो पटक अन्तरीक्षमा सहभागिता जनाएकामा खुसी हुने ठाउँ प्रशस्त भए पनि सन्तुष्ट हुने आधार छैन । किनकि, अहिले नेपालले प्रक्षेपण गरेको स्याटलाईट एउटा विश्वविद्यालयका विद्यार्थीले गर्ने औसत अभ्यास हो । तर, नेपालको परिवेशमा यसलाई सानै भएपनि उपलब्धी मान्नुपर्ने कारण र आधार धेरै छ ।

अमेरिकाबाट स्याटलाईट अन्तरीक्षमा त गयो, तर नेपालले त्यसले पठाएको डाटा ग्रहण गर्ने स्टेशन बनिइसकेको छैन । र, २० अर्ब रुपैयाँमा अर्को ठूलो स्याटलाइट निर्माणको तयारी पनि भइरहेको छ । स्याटेलाइट अन्तरिक्षमा पुगेपछि एक महिना इन्टरनेसनल स्पेस स्टेसनमा गएर बस्नेछ । यो भनेको अन्तरिक्षमा रहेको स्याटेलाइटहरूको ‘पार्किङ’ जस्तै हो । त्यहाँ अन्तरीक्ष यात्रीले प्राविधिक रूपले उपयुक्त छ भनेपछि बल्ल नेपालको स्याटेलाइट पृथ्वी वरिपरि घुम्न थाल्नेछ ।

मे अन्त्यबाट नेपालको स्याटलाइटले पृथ्वीको चक्कर काट्न थाल्ने अनुमान छ । विज्ञान प्रविधिको क्षेत्रमा महत्वपूर्ण कोशेढुंगाका रूपमा हेरिएको स्याटलाइट प्रक्षेपणसँगै नेपाललाई के फाइदा हुन्छ ? स्याटलाईटले कहिलेदेखि कसरी काम गर्छ ? भन्नेबारे धेरैलाई अन्योल छ । सस्तो, सानो र कम क्षमताको भए पनि नेपालले अन्तरीक्षमा सहभागिता जनाएर विज्ञान प्रविधिको क्षेत्रमा महत्वपूर्ण कोशेढुंगा पार गरेकै हो । सुरुमा धेरैका काम नभए पनि ‘मिनी स्याटलाईट’को माध्यमबाट नेपालको भूगोल र मौसमी अवस्था अध्ययन गर्न सहज हुनेछ । कतिपयले नेपालले विहीबार प्रक्षेपण गरेको स्याटलाइटलाई कोसीमा चल्ने डुंगालाई पानी जहाज भनेजस्तै हो भनेका छन् ।

खैर टिप्पणी जे भएपनि नानो नै सही, डेड करोडको खर्चमा नेपालले पहिलोचोटि स्याटेलाइट अन्तरीक्षमा पठाउनु उपलब्धि नै हो । यसबाट नेपालले भू–उपग्रहसम्बन्धी केही शिक्षा अवश्यै सिक्न सक्छ । नेपाल सरकारले २० अर्बभन्दा बढीको लगानीमा स्याटेलाइट खरीदका लागि फ्रान्ससँग जीटुजीमार्फत सहमति गरिसकेको सन्दर्भमा यो पहिलो प्रयासले अर्को प्रयासका लागि सार्थक परिणाम दिने अपेक्षा भने स्वभाविक नै हो ।

Please comments here  

Nepal Broadcasting Channel

  पानीपोखरी - महाराजगञ्ज, काठमाडौँ, नेपाल
   सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
   सम्पादक : मुकुन्द दाहाल
सम्पर्क
  फोन : ०१-४४४६१९९
  फ्याक्स : ०१-४००२६५५
  इमेल : [email protected]