अफ्रिकी मुलुक मोरक्को र अल्जेरियामा रुख चढ्ने बाख्रा


काठमाडौं/एजेन्सी । बाँदरझैँ बाख्रा पनि रुखमा चढ्छन् भन्दा अच्चम लाग्छ । तर अफ्रिकी देश मोरक्को र अल्जेरियाका बाख्रा बादर जसरी नै रुखमा चढ्छन् ।

अफ्रिकी मुलुक मोरक्को र अल्जेरियामा एक विशेष जातको बाख्रा बाँदरझैँ रुखमा चढ्ने गर्छन् । रुख चढ्न माहिर त्यस प्रजातिका बाख्राहरुले रुखमा फलेका फलफूल र डालेघाँस खाने गर्छन् । यी बाख्राको मल किसानका लागि निकै लाभदायक हुन्छ । यी बाख्राबाट उत्पादित मल बेचेर किसानहरुले करोडौं कमाउने गरेका छन् ।

यी बाख्राले मोरक्को र अल्जेरियाको केही क्षेत्रमा पाइने अर्गान नामक वनस्पतिको फल निकै मिठो मानेर खाने गर्छन् । फल खाइसकेपछि त्यसको गुदी बाख्राले पचाउँछ तर विया भने पच्दैन र मलसँग बाहिर आउँछ ।

किसानले मलजम्मा गर्दा विँया छुट्याउँछन् । विँयाबाट तेल निकालिन्छ । अर्गानको तेल कस्मेटिक उद्योगमा निकै महंगोमा विक्री हुन्छ । यो तेलको मूल्य एक लिटरको एक लाख रुपैयाँभन्दा बढी पर्छ ।

Please comments here  

Nepal Broadcasting Channel

  पानीपोखरी - महाराजगञ्ज, काठमाडौँ, नेपाल
   सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
   सम्पादक : मुकुन्द दाहाल
सम्पर्क
  फोन : ०१-४४४६१९९
  फ्याक्स : ०१-४००२६५५
  इमेल : [email protected]