आठौं राष्ट्रिय खेलकुद : एथलेटिक्सको सय मिटर दौडमा आशिष र सरस्वतीले स्वर्ण जिते


  • हरिशजङ्ग क्षेत्री

काठमाडाै‌ । आठौं राष्ट्रिय खेलकुद अन्तरगत आजदेखी सुरु भएको ४४ औं राष्ट्रिय एथलेटिक्सको १ सय मिटर दौड महिला र पुरुषमा आशिष चौधरी र सरस्वती चौधरीले स्वर्ण पदक जितेका छन् ।

बिहीबारदेखि तुलसीपुरस्थित बेलझुन्डी रंगशालामा बनेको सिन्थेटिक ट्र्याकमा सुरु भएको ४४औं राष्ट्रिय एथलेटिक्समा पुरुष तर्फ एपीएफका आशिष चौधरीले आफ्ना प्रतिद्वन्दी प्रदेश नम्बर ६ का यम साजन सुनारलाई १० पल्सले पछि पार्दै ११ सेकेन्डमा निर्धारित दुरि पार गर्दै स्वर्ण पदक जितेका हुन ।

त्यस्तै महिला १ सय मिटर दौडमा नेपाली सेनाकी सरस्वती चौधरीले १२ दशमलव १९ सेकेन्डमा दुरि पार गरेर स्वर्ण पदक चुमिन् ।राजधानीबाहिर पहिलोपटक बनेको सिन्थेटिक ट्र्याकमा एथलेटिक्सका खेलाडीहरुले दौडिने मौका पाएका छन् । सय मिटर दौडमा यमसाजन सुनार ११ दशमलव १० सेकेन्डमा दुरि पार गर्दै दोस्रो र नेपाल आर्मीका आनन्ददेव चौधरी ११ दशमलव १५ सेकेन्डमा दुरि पार गर्दै तेस्रो हुँदै रजत पदक जिते ।

त्यस्तै महिलातर्फ प्रदेश ५ कि जयरानी चौधरी दोस्रो हुँदा उनले १२ दशमलव ३९ सेकेन्डमा दौड पूरा गर्दा, नेपाली सेनाकी कृष्णा चौधरीले १२ दशमलव ५२ सेकेन्डमा दौड पूरा गर्दै कास्य पदकमा चित्त बुझाएकी थिइन् ।

Please comments here  

Nepal Broadcasting Channel

  पानीपोखरी - महाराजगञ्ज, काठमाडौँ, नेपाल
   सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
   सम्पादक : मुकुन्द दाहाल
सम्पर्क
  फोन : ०१-४४४६१९९
  फ्याक्स : ०१-४००२६५५
  इमेल : [email protected]