आयात उच्च भएका कारण विदेशी मुद्रा सञ्चिति घट्यो


काठमाडौं । आयातमुखि अर्थतन्त्र भएकाले विदेशी मुद्रा संचिति महत्वपूर्ण हुन्छ । तर निर्यातको तुलनामा आयात उच्च हुँदा रेमिट्यान्सबाट भित्रिएको विदेशी मुद्रा सबै बाहिरिएको छ । सरकारी ढुकुटीमा पनि विदेशी मुद्रा सञ्चिति घट्दै गएको छ ।

सरकारी ढुकुटीमा गत वर्षको तुलनामा यसवर्ष विदेशी मुद्रा सञ्चिति घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सरकारसँग भएको विदेशी विनिमय सञ्चितिले ७ महिना २७ दिनको वस्तु तथा सेवा आयात गर्न सकिन्छ ।

नेपाल राष्ट्र बैंकमा जम्मा भएको विदेशी रुपैयाँ सञ्चिति फागुन मसान्त सम्म ९ खर्ब १४ अर्ब ४२ करोड रुपैयाँ रहेको छ । २०७५ असार मसान्तमा यस्तो सञ्चिति ९ खर्ब ८९ अर्ब ४० करोड रहेको थियो । आयात वृद्धिदर उच्च भएकाले नौ महिनामा करिब ७५ अर्ब रुपैयाँ विदेशी मुद्रा सञ्चिति घटेको देखिन्छ ।

रेमिट्यान्स, पर्यटन र निर्यात विदेशी मुद्रा आम्दानीका मुख्य स्रोत हुन् । त्यस मध्येपनि रेमिट्यान्स विदेशी मुद्रा आम्दानीको प्रमुख स्रोत बनेको छ । चालु आर्थिक वर्षमो नौ महिनाको तथ्याङ्क अनुसार रेमिट्यान्स २३ दशमलव ४ प्रतिशतले बढेर ५ खर्ब ५८ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । तरपनि विदेशी मुद्रा सञ्चितिमा उच्च गिरावट आएको देखिन्छ । अर्कोतर्फ वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै गएको छ ।

डलरमा भएको वृद्धिका कारण महँगो मुल्यमा वस्तु आयात गर्नुपर्दा विदेशी मुद्रा बाहिरीने क्रमपनि बढेको छ । त्यसैले कुनैपनि बेला रेमिट्यान्स आम्दानीमा कमि आएमा देशको अर्थतन्त्रमा गम्भिर असर पर्ने देखिन्छ ।

Please comments here  

Nepal Broadcasting Channel

  पानीपोखरी - महाराजगञ्ज, काठमाडौँ, नेपाल
   सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
   सम्पादक : मुकुन्द दाहाल
सम्पर्क
  फोन : ०१-४४४६१९९
  फ्याक्स : ०१-४००२६५५
  इमेल : [email protected]