इराकबाट अर्की नेपाली चेलीको सफल उद्धार


काठमाडौं । आफू इराकमा बेचिएको भन्दै एक युवतीले नेपाल फर्काइदिन गुहार माग्दै हामीलाई भिडियो पठाएपछि हामीले यस विषयमा रिपोर्टिङ गरेका थियौं । साथै तत्कालै हामीले उद्धारको काम सुरु गरेका थियौं ।

कार्यक्रममा उनका बिषयमा देखाएसँगै विभिन्न व्यक्तिहरुको सहकार्य खास गरी यसरी बेचिएका र अफ्ठ्यारोमा परेका महिलाहरुको उद्धार गर्ने समाजिक अभियन्ता आङकामी शेर्पाले उनको उद्धारका लागि काम सुुरु गरे । आङकामी शेर्पाको सहयोगमा उनी बुधवार नेपाल आइन् । उनलाई स्वागत गर्न हाम्रो टिम त्रिभुवन अन्टराष्ट्रिय बिमानस्थल पुग्यो ।

घरमालिकको दबाब, २२ घण्टाको काम, बिरामी शरीर, पठाउने एजेन्टहरु बेखबर भएपछि बाँचेर नेपाल फर्किन्छु भन्ने सोच्न छोडेकी उनी बुधबार विमानस्थलमा दिदीलाई अँगाल्दै भावुक भइन् ।

सोलुखुम्बुकी उनी यस अघि रोजगारीको खोजीमा लेवनान पुगेकी थिइन । लेवनानबाट फर्किएर गाउँमै बसिरहेका बेला सिन्धुपाल्चोकका मुकेन्द्र्र तामाङ नाम गरेका एजेन्टले कुर्गिस्तानमा ५ सय अमेरिकी डलर तलबसहित आर्कषक काम रहे सुनाए । मुकेन्द्रले नै उनको पासर्पोट अर्का सोलुखुम्बुका छिरिङ शेर्पा नाम गरेको व्यक्तिलाई जिम्मा लगाए ।

त्यसको केही दिनमै नेपालबाट जान नमिल्ने भएकाले गाडीमा भारत जानु पर्ने र भारतबाट उडान हुने आश्वसन देखाए । उनी र एक अर्की महिलालाई लिएर छिरिङ शेर्पा भारत तर्फ लागे । बोर्डरमा उनलाई छिरिङ बाबु भएको भनिएको थियो भने सोधखोज गर्ने प्रहरीलाई छोरी हो भन्दै भारत छि¥याए । केही दिन भारत राखेपछि उनलाई कुर्गिस्तान भनेर उडाइयो । तर एजेन्ट उनलाई पत्तै नदिई इराकको राजधानी बग्दाद पु¥यायो ।

त्यहाका अर्का एजेन्टल कामका लागि घरमा पु¥याए घर मालिकले उनलाई १३ हजार डलरमा किनेको भन्दै रसिद देखाए । १ बर्ष काम गर्दा उनले ७ महिनाको मात्रै तलब पाएकी छिन् । दिनमा ३ ओट घरमा २२ घण्टा काम गर्दा उनी बिरामी परिन् । घरबेटीले उपचार गराएनन् । नेपालमा एजेन्टलाई फोन गर्दा नेपाल फर्काउँछौं भन्दै १० महिना झुलाए र सम्पर्क विहीन भए ।

कुनै उपाय नलगोपछि भिडियो रेर्कड गरेर सामाजिक सञ्जालमा हालेकी उनलाई हामीले रिपोर्ट प्रसारण गरेपछि भने नेपाल आउने आश पलाएको थियो । र उनको त्यो आशा बुधबार पूरा भएको छ ।

Please comments here  

Nepal Broadcasting Channel

  पानीपोखरी - महाराजगञ्ज, काठमाडौँ, नेपाल
   सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
   सम्पादक : मुकुन्द दाहाल
सम्पर्क
  फोन : ०१-४४४६१९९
  फ्याक्स : ०१-४००२६५५
  इमेल : [email protected]