लोप हुने अवस्थामा गुरुङ र घले समूदायमा प्रचलित घाटु नाच


काठमाडौं । घले र गुरुङ समुदायको पहिचान हो घाटु नाच । मादलको ताल र गीतको टुक्कामा नाचिने यो नाच राजा परशुराम र रानी यम्फावतीको कथामा आधारित छ । घले र गुरुङ समुदायमा दुई प्रकारका घाटु नाच प्रचलित छ ।

बसन्त पञ्चमीबाट सुरु हुने घाटु नाच बैशाख पूर्णिमाको पञ्चमीमा सकिन्छ । यो नाच सती र बाह्रमासे गरी दुई प्रकारको हुन्छ । सतीघाटु श्रीपञ्चमीदेखि बैशाख पूर्णिमासम्म नाचिन्छ । बाह्रमासेका लागि खास समय निर्धारित छैन । दुवै नाचको आकर्षण चाहीँ कुसुण्डा घाटु हो । कुसुण्डा विनाको घाटु हुँदैन । गीत र मादलको तालमा नाच्दै गर्दा घाँटुसरी बेहोस् पनि हुन्छन् । जसलाई गीत र मादलकै तालले ब्यूँझाइन्छ ।

यो नाचमा राजा परशुराम र रानी यम्फावतीको कथासार व्यक्त गरिन्छ । नाँचमा कम्तिमा दुई र बढीमा तीन जना किशोरी सहभागी हुन्छन् । शीरमा लाहाको मुकुट, गुन्यु र चोली लगाएर नाच्ने दुई घाँटुसरी एउटालाई राजा र अर्कोलाई रानीको प्रतिकको रुपमा लिइन्छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा परेपनि घाटु नाच लोप हुने अवस्थामा पुगेको छ ।

घाटु सुरु हुनुपूर्व देवता बोलाइन्छ । देवता चढेपछि घाटुसरी बेहोसीमै नाच्छन् । यही अवस्थालाई कुुसुण्डा भनिन्छ । मादलको ताल र गुरुहरुले गाउने गीतको आधारमा घाटुसरी नाच्छन् । मादलको ताल बिग्रियो वा गीतमा कुनै टुक्का छुटेमा घाटुसरी बेहोस हुने जनविश्वास छ ।

घाँटु नाँच्नेहरु रजश्वला भएका, अपाङ्गता तथा अशक्त हुनु हुँदैन भन्ने मान्यता छ । विशेष गरेर घाँटुु नाच गण्डकी प्रदेशको लमजुङ, गोरखा, तनहँ, कास्की, स्याङ्जाका गुरुङ गाउँमा बढी प्रचलित छ ।

Please comments here  

Nepal Broadcasting Channel

  पानीपोखरी - महाराजगञ्ज, काठमाडौँ, नेपाल
   सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
   सम्पादक : मुकुन्द दाहाल
सम्पर्क
  फोन : ०१-४४४६१९९
  फ्याक्स : ०१-४००२६५५
  इमेल : [email protected]