दुलही झै सिंगारिएको नेपालगञ्ज आठौं राष्ट्रिय खेलकुदको रौनकमा, खेलाडीहरु भने गर्मीको मारमा


  • भगतराम थारु,

नेपालगन्ज ०५ बैशाख । यतिबेला नेपालगन्जको रंगशालाको मुहार फेरिएको छ । आठौं राष्ट्रिय खेलकुद २०७५÷०७६ नेपालगन्जलाई केन्द्र बनाएर हुने भएपछि नेपालगञ्जको रंगशाला लगायत खेलका भौतिक संरचनाको निर्माणले नेपालगञ्जको रुप नै अर्कै देखिन थालेको छ ।

आठौं राष्ट्रिय प्रतियोगिताका लागि नेपालगन्जको रंगशाला दुलही झै सिगारिएको छ । रंगरोगन, विजुली बत्ति, लगायत सम्पूर्ण संरचना तयारी अवस्थामा राखिएको छ । बिहीवार राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा उद्घाटन गर्ने प्रतियोगिताको तयारी पूरा भएको छ । खेलको लागि नेपालगन्ज रंगशालामा सुरक्षा व्यवस्था समेत कडा पारिएको छ ।

क्षेत्रीय खेलकुद विकास समिति नेपालगञ्जले पूर्ण रुपमा भौतिक संरचना तयार अवस्थमा रहेको जानकारी गराएपनि अहिले सम्म काम भने भैरहेको देखिन्छ । रंगरोगन, सफाई, स्विमिङ पुलको निर्माण जारी छ । भवन निर्माण तथा स्विमिङ पुलको प्याराफिटको कार्यपनि पुर्णरुपले तयारी अवस्थमा नरहेको कारण पौडी अन्यत्र खेलाईने जानकारी खेलकुद विकास समितिले जानकारी गराएको छ ।

गर्मीको मारमा खेलाडीहरु,
नेपालगञ्ज देशकै सवैभन्दा बढी गर्मी हुने शहरमा पर्ने गरेको छ । यतिवेला बाँकेको नेपालगञ्जलाई केन्द्र बनाएर राष्ट्रिय खेलकुद प्रतियोगिता भव्यका साथ सुरु भैसकेको छ । गर्मी मौसममा खेल खेलाउदा गाह्रो भैरहेको खेलाडीहरुको भनाई छ । गर्मी मौसम त्यसमाथि समयमा खेल संचालन नहँुदा आफुहरु मारमा परेको खेलाडीहरुको गुनासो छ ।

यता खेलाडीहरुले गर्मी नभनी जस्तो सुकै अवस्थाको पनि सामना गरेर खेल्न सक्नुपर्ने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले भनाइ छ । गर्मी नमानी ढुक्कका साथ खेलाडीहरु आफ्नो खेल खेल्ने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो ।

तयारी पूरा,
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद प्रचार प्रसार समितिले प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । प्रतियोगिताबारे जानकारी गराउँदै राखेपका सदस्य सचिव केशवकुमार बिष्टले प्रतियोगितालाई भब्य बनाउन कुनै कसर बाँकी नराखिएको दाबी गर्नुभयो । नेपालको इतिहासमै पहिलो पटक धेरै लगानीमा खेलकुद प्रतियोगिता हुन लागेकाले यस क्षेत्रमा ठूलो उपलब्धि भएको बताउनुभयो ।

प्रतियोगितालाई ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने तय भएको सदस्य सचिव बिष्ट्ले जानकारी दिनुभयो ।

सुरक्षा व्यवस्था कडा पारियो,
आठौं राष्ट्रिय खेलकुदलाई मध्यनजर गर्दै नेपालगञ्जमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा व्यवस्थामा कुनै पनि कमी हुन नदिने मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बताउनुभयो । सुरक्षाका लागि सशस्त्र प्रहरी, नेपाली प्रहरी, नेपाली सेना, स्वयमसेवक र सेक्युरिटी गार्डको व्यवस्था गरि सुरक्षा कडा बनाएको अध्यक्ष ओलीको भनाइ छ । सुरक्षामा कुनै प्रकारको कमी आउन नदिन चेकजाँच र पासको व्यवस्थामा पनि कडाई गरिएको सदस्य सचिव विष्टले जानकारी गराउनुभयो । विना पासको कसैलाई पनि प्रवेश गर्न नदिने उहाँले जानकारी गराउनुभयो । मिडियाको लागि पनि छुट्टै प्रेस पासको व्यवस्था गरिएका र त्यो कार्डले मात्रा प्रवेश गर्न पाउने व्यवस्था गरिएको पनि उहाँले बताउनुभयो ।

‘ओलम्पीक टर्च’
नेपालगञ्ज रंगशाला साँझ ४ देखि ५ बजेसम्म सर्वसाधारण तथा अतिथिहरुलाई प्रवेश गराउने र पौने ५ बजे राष्ट्रपतिको आगमन पछि प्रवेशमा रोक लगाईने सदस्य सचिव विष्टले जानकारी दिनुभयो । साँझा करिव ६ बजे तिर ओलम्पियन एवं सांसद सुरेन्द्र हमालले ओलम्पिक टर्च बाल्ने कार्यक्रम तय भएको सदस्य सचिव विष्टले जानकारी गराउनुभयो ।

नेपालगञ्जमा पहिलो पटक ओलम्पिक टर्च भित्राईएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन शत्रलाई लक्षित गर्दै ओलम्पीक टर्च बाँके ल्याईएको हो । प्रदेश नं. १ बाट सुरु भएको ¥याली सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी हुँदै बाँके ल्याईएको हो । ओलम्पियन जित बहादुर केसीको नेतृत्वमा डम्बर कुवंर, विमला रानामगर र मेनका रावतको टोली ओलम्पिक टर्च लिएर बाँके आईपुगेका हुन । ओलम्पियन सुरेन्द्र हमालले आठौं राष्ट्रिय प्रतियोगिताको उद्घघाटन शत्रमा ओलम्पीक टर्चबाट द्धिप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

महिला तथा पुरुष भलिबल जारी,
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत बाँकेको खजुरा स्थित शुक्र भलिबल स्टेडियममा महिला तथा पुरुष भलिवल प्रतियोगिता जारी रहेको छ । प्रतियोगितामा विहीवार भएको महिला तर्फको पहिलो खेलमा त्रिभुवन आर्मी क्लवले प्रदेश नं. २ लाई सोझो सेटले हराएको छ । यस्तै दोश्रो खेलमा प्रदेश नं. ५ विजयी भएको छ ।

यस्तै पुरुष तर्फको पहिलो खेलमा पहिलो खेलमा गण्डकी प्रदेश विजयी भएको छ । दोश्रो खेलमा प्रदेश नं. १ लाई प्रदेश नं. ५ ले पराजित गरेको छ । । प्रतियोगितामा सहभागी पुरुष तर्फ १० र महिला तर्फ १० गरि दुई समुहमा विभाजन गरिएको छ । हरेक दिन विहान र साँझ दुई चरणमा प्रतियोगिता भैरहेको भलिबल टिमका मुख्य प्रशिक्षक सलिना श्रेष्ठले जानकारी दिनुभयो ।

Please comments here  

Nepal Broadcasting Channel

  पानीपोखरी - महाराजगञ्ज, काठमाडौँ, नेपाल
   सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
   सम्पादक : मुकुन्द दाहाल
सम्पर्क
  फोन : ०१-४४४६१९९
  फ्याक्स : ०१-४००२६५५
  इमेल : [email protected]