बाग्लुङमा वैतनिक वकिलको सेवा भएन प्रभावकारी, लक्षित वर्ग पहुँच बाहिर


  • रबिना बोहरा,

बागलुङ । बार्षिक चालिस हजार रुपैयाँभन्दा कम आय हुनेका लागि सरकारले वैतनिक वकिलमार्फत निःशुल्क कानूनी सेवा लिन सक्छन् । तर, पर्याप्त जानकारी नहुँदा सर्वसाधारणले यो सेवा लिन सकेका छैनन् ।

बाग्लुङको काठेखोला गाउँपालिका–३ धम्जाकी बालकुमारी थापाले अंश मुद्दामा लड्न थालेको झण्डै ५ बर्ष भयो । मजदुरी गरेर जीवन चलाउँदै आएकी थापाले मुद्दाकै लागि ऋण धन गरेर ५ लाख रुपैयाँ सकेकी छन् ।

दुर्गाजस्तै आर्थिक अवस्था कमजोर भएका अधिकांशलाई वैतनिक वकिलमार्फत निःशुल्क कानूनी सेवा लिन पाइन्छ भन्ने थाहै छैन । वडा कार्यालयले गरिब तथा विपन्न भनेर सिफारिस गरेपछि वैतनिक वकिलले निःशुल्क कानूनी परामर्श दिनुपर्छ । तर, राज्यको सुविधा लिएर निःशुल्क सेवा दिनुपर्ने वैतनिक वकिल सर्वसाधारणको पहुँचमा छैनन् ।

भए पनि शुल्क लिएर पनि वकालत गर्न पाउने भएकाले उनीहरु निःशुल्क सेवा दिन अक्सर तयार हुँदैनन् । सर्वोच्च, उच्च एवं जिल्ला अदालतमा गरी देशभर ८० भन्दा बढी वैतनिक वकिल छन् । तर, जानकारी नहुँदा अधिकांश गरिब तथा विपन्न निजी वकिल राखेर मुद्दा लडिरहेका छन् ।

जसलाई सेवा दिन भनेर वैतनिक वकिलको व्यवस्था गरिएको छ । उनीहरु लक्षित वर्गको पहुँचमा नहुँदा बालकुमारी थापाजस्ता कैयौंले मुद्दा लड्दा–लड्दै लाखौं सकाएका छन् । बालकुमारीको दुखेसोले न्यायमा सबैको पहुँच पु¥याउन गरिएको व्यवस्था प्रभावकारी बनाउनु पर्नेमा सर्वसाधारण जोड दिन्छन् ।

Please comments here  

Nepal Broadcasting Channel

  पानीपोखरी - महाराजगञ्ज, काठमाडौँ, नेपाल
   सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
   सम्पादक : मुकुन्द दाहाल
सम्पर्क
  फोन : ०१-४४४६१९९
  फ्याक्स : ०१-४००२६५५
  इमेल : [email protected]