महिला राष्ट्रिय फुटबलकाे दोश्रो खेलमा एपिएफ विजयी


  • मनोज श्रीवास्तव

कपिलवस्तु । आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत कपिलवस्तुको बुद्धरंगशालामा जारी महिला राष्ट्रिय फुटबलमा एपिएफले दोश्रो खेलमा पनि फराकिलो अन्तर्गतको जित हासिल गरेको छ ।

 विहीबार अपरान्ह भएको खेलमा प्रतियोगिताकै सशक्त मानिएको सशस्त्र प्रहरी बलको एफिएफले गण्डकी प्रदेशको पोष्टमा २३ गोलको बर्षा नै गरेको हो ।

एपिएफलाई जिताउन २ जना खेलाडीले डबल ह्याट्रिक गरेका छन् । त्यसमध्ये दर्शकहरुको आकर्षण बनेकी जर्सी नम्बर ९ की खेलाडी सावित्रा भण्डारी (साम्बा) ले ७ गोल गरिन् भने जर्सी नम्बर १० की अनु लामाले ६ गोल गरिन् ।

खेल सुरु भएको तेश्रो मिनेटमा जर्सी नम्बर १६ की मञ्जु डोङबाट खाता खोलेको एपिएफले अन्तिम सम्म आइपुग्दा थप २२ गोल गर्न पुग्यो ।

Please comments here  

Nepal Broadcasting Channel

  पानीपोखरी - महाराजगञ्ज, काठमाडौँ, नेपाल
   सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
   सम्पादक : मुकुन्द दाहाल
सम्पर्क
  फोन : ०१-४४४६१९९
  फ्याक्स : ०१-४००२६५५
  इमेल : [email protected]