राष्ट्रपतिद्वारा आठौं राष्ट्रिय खेलकुदको उद्घाटन, पूर्व ओलम्पियन सुरेन्द्र हमालले ओलम्पिक टर्च प्रज्वलन गरे


  • हरिशजङ्ग क्षेत्री,

बाके । राष्ट्रपति विद्यादेवि भण्डारीले आठौं राष्ट्रिय खेलकुद महोत्सवको बिधिवतरूपमा समुद्घाटन गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ‘स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल मन्त्र र ‘आठौं खेलकुद हाम्रै प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने नाराका साथ नेपाल संघीयतामा गएपछि पहिलोपटक ५ नम्बर प्रदेशको नेपालगन्जको महेन्द्र रंगशालामा आयोजना गरिएको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन गर्नु भएको हो ।

आठौं राष्ट्रिय खेलकुदको झण्डातोलन खेलकुदमन्त्री जगत बहादुर बिश्वकर्माले गर्नुभएको कार्यक्रमलाई प्रथम राष्ट्रपति भण्डारीले बिहीबार साँझ ताली बजाएर आठौं राष्ट्रिय खेलकुद उद्घाटन गर्दै उहाँले राष्ट्रले सीमित श्रोतका बाबजुद राष्ट्रिय खेलकुदको आयोजना गरेकोमा राज्यप्रति र राखेपप्रति आभारी भएको बताउनुभयो । साथै खेलाडीहरु खेलकुदका माध्यमबाट र राष्ट्रको झण्डा र नेपालीको शिर उचो राख्नेमा विश्वस्त भएको बताउनुभयो ।

राष्ट्रपतिलाई शसस्त्र प्रहरी बलको बैण्ड टोलीले सलामी दिएको थियो । राष्ट्रपति भण्डारीलाई उद्घाटन कार्यक्रमका दौउरान राष्ट्रिय खेलकुद परिषदका विभागिय प्रमुख एवं समारोहका संयोजक कुल बहादुर थापाले खेल पुस्तिका प्रदान गर्नुभएको थियो । उद्घाटन समारोहमा ५ नम्बर प्रदेश झल्काउने २५ भन्दा बढी विशेष झाँकी प्रदर्शन गर्नुका साथै ७ वटै प्रदेश, ३ बिभागिय टोली र प्रशिक्षक, रेफ्री र पहिलोपटक गैर आवासीय नेपालीहरुको टोलीले पहिलोपटक राष्ट्रिय खेलकुदमा सहभागी हुँदै मार्चपास गरेको थिए ।

चर्चित गायिका एवं सासंद कोमल ओलीले आठौं राष्ट्रिय खेलकुदको गीत गाउनुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राखेपका सदस्य सचिव केशव कुमार बिष्टले ‘२०७५ साललाई खेलकुदको स्वर्णकाल बनाउने उद्घोष गरेका थियौं, ७५ लाई स्वर्णकाल बनाउन केही हदसम्म पूरा भएको छ’ भन्नुभयो । आठौं राष्ट्रिय खेलकुदलाई सभ्य र निष्पक्ष रूपमा खेल खेल्न जुडो खेलका युथ ओलम्पियन सोनु भट्ट र खेल खेलाउन निर्णायकको तर्फबाट सम्सुद्विन सिद्विकीले सपथ ग्रहण गर्नुभएको थियो ।

उद्घाटन समारोहको अन्तिममा ओलम्पिक टर्चमा दिप प्रज्वलन गर्दै भारत्तोलन खेलका पूर्व ओलम्पियन तथा ५ नम्बर प्रदेशका प्रदेश सदस्य सुरेन्द्र हमालले बिधिवत रूपमा आठौं खेलकुदको सुरुवात भएको भन्दै आतिसबाजी गरिएको थियो । नेपालगञ्जको महेन्द्र रंगशालामा करिब १० हजार स्थानीय दर्शकहरुको उपस्थिति रहेको थियो ।

चैत २७ गतेदेखि नै ललितपुरबाट अनौपचारिक रूपमा सुरु भएको आठौं राष्ट्रिय खेलकुद उद्घाटन हुँदा १४ वटा खेल समापनसँगै ९५ स्वर्ण पदकको छिनोफानो भैसकेको छ । ५ नम्बर प्रदेशमा १५ दिन सम्म चल्ने प्रतियोगितामा खेलाडी, प्रशिक्षक र अफिसियल गरी १० हजार जनाको सहभागीता रहेको छ ।

कुल ३ सय ७२ स्वर्ण पदकका लागि ५ हजार दुई सय ११ जना महिला पुरुष खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

Please comments here  

Nepal Broadcasting Channel

  पानीपोखरी - महाराजगञ्ज, काठमाडौँ, नेपाल
   सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
   सम्पादक : मुकुन्द दाहाल
सम्पर्क
  फोन : ०१-४४४६१९९
  फ्याक्स : ०१-४००२६५५
  इमेल : [email protected]